कोरोना भगाउन शरीरमा गोबर र गौमुत्र लेपन!

एजेन्सी। भारतमा कोरोनाको त्रास संसारमै सबैभन्दा अधिक छ। त्यही कारण मानिसहरु यसबाट बच्न कतिपयका खराब सल्लाहसमेत मान्न थालेका छन्। यसै क्रममा अहमदावादका केही मानिसले शरीरमा गोबर र गौमुत्र लेपन गर्नसमेत भ्याएका छन्। यसो गर्नाले कोरोना भाग्ने नभई झनै असर गर्ने चिकित्सकले बताएका छन्। गोबर र गौमुत्र लेपन गर्दा म्युकरमाइकोसिससमेत अर्कोखालको संक्रमण हुने र ज्यानै जान सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री

फोहरमा सम्भावनै सम्भावना

अहिले देशको खाशगरी केन्द्रीय राजधानीको कुना कुनासम्म फोहर थुप्रेका छन् । आफूलाई सुकिला मुकिला ठान्ने कतिपय मानिसहरू नाक थुनेर हिँडिरहेका छन् । तर नाक थुन्नु पर्दैन । किनकि फोहरबाट मोहर बनाउने सरकारको योजना जो छ । यदि कोरोना नामको कीरा नफैलिद्या भए हाम्रा महानगरका पिता कुन शहरले कसरी फोहर व्यवस्थापन गरेछ भनेर स्थलगत अध्ययन गर्न दलबलसहित विदेश शयरमा निस्किसक्या हुन्थे । डलरमा भत्ता आउने भएपछि मोगादिशुदेखि मिसिसिपीसम्म पनि भ्याउँथे । सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । तर कुरा नबुझ्नेहरूले ङ्यारङ्यार गर्न थालेकाले सरकारले सडकका फोहर उठाउन थालेको छ र ढिलोचाँडो केही उठ्ला पनि । तर देशबाट सबै फोहर सजिलै हट्नेवाला छैन है ! किनकि फोहरमा सरकारले धेरै सम्भावनाहरू पो देखेको छ त । त्यसमा पनि कथंकदाचित् अरू क्षेत्रका फोहर हटेछन् भने पनि राजनीतिभित्र भएको फोहर हटाउने त कुरै छैन । किनकि राजनीतिक व्यवस्था नै अन्तिम सत्य हो, अर्थव्यवस्था मिथ्या हो । फेरि तपाईंले साँच्चै खोजेजस्तो सफा त कहाँ छ र ? कुन क्षेत्र फोहोरबाट अछुतो छ र ? विकसित देशहरूबाट कन्टेनर भरिभरीकन हाम्रोे देशमा भित्रिरहेको अनेकखाले कवाडी फोहर त झन् कतिकति । राजनीतिमा नै हेरौं न । जहाँ राजनीति छ, त्यहाँ फोहर छ । फोहर छ र त त्यहाँ मोहर पनि छ । अर्थात् त्यहाँ गोबर पनि छ, गौरव पनि छ । जब गोबर र गौरव उछालिन्छ, तब राजनीतिमा गतिशीलताको दर्शन हुन्छ । नत्र राजनीति फोहरले भरिएको नालीजस्तै प्रवाहहीन हुन्छ । त्यसैले फोहर राजनीतिको स्थायी भाव हो । त्यसैले ‘मेरो वा हाम्रो चरित्रमा फोहर फ्याँक्ने काम भइरहेछ,’ राजनीतिमा प्रायः यस्ता कुरा खुब सुनिन्छन् । सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । हैन र ? अर्थात् फाइदा फोहर हटाउनुमा भन्दा फोहर गर्नुमै छ भने किन हट्छ फोहर ? निजीक्षेत्रले फोहर व्यवस्थापन गर्छु भनेर सरकारको योजनामा भाँजो नहालेको कहाँ हो र ? तर, सरकार त सरकारै हो, कुकुर भुक्दै गर्छ, सरकारको सवारी चल्दै गर्छ । वास्तवमा अहिले खाली सिसी, पुराना कागजवाला वा कवाडीवालाका लागि एउटा नयाँ दुनियाँको प्रादुर्भाव भएको छ । अब कवाडीवालाहरू ठेला र थोत्रा ट्र्याक्टर धकेलेर घर घर धाउन पनि नपर्ने भएको छ । किनकि शहरमा जहाँ उभियो, त्यहीँ हरेक प्रकारका फोहर पाइने भएको छ । यसले कत्तिलाई रोजगारीको नयाँ अवसर पनि दिलाएको छ । रोजगारी बढाउने चिन्तामा सरकार अब दुब्लाइरहनु नपर्ने भएको छ । तर सँगसँगै कवाडी व्यवसाय पनि अब कर्पोरेट पञ्जामा जाने सम्भावना पनि बढेर गएको छ । साँच्चै भन्ने हो भने देश अहिले फोहरमा मात्र भने पनि आत्मनिर्भर भइसकेको छ । अब पैसा कमाउन पानीबाट बिजुली बनाएर बेचिरहनुपर्ने झन्झट लिइरहनुपर्दैन । वस्तु उत्पादन गरेर निर्यात गर्ने झन्झट पनि गरिरहनु पर्दैन । देशैभरि यत्ति फोहर थुप्रिएका छन् कि, व्यावसायिक सम्भावना खोज्न अरू क्यै गरिरहनै नपर्ने भएको छ । फोहरमा मात्र फोकस गरे पुग्छ । जलस्रोतमा धनी भनेर मात्र कति चिनाउनु नेपाललाई भनेर सरकार फोहरबाट पनि विश्व कीर्तिमान बनाउन लागिरहेछ । जलविद्युत्मा अपार सम्भावना भन्दा भन्दा थाकिसकेकाले अब फोहरबाट बिजुली निकालेर बेच्नेसम्मको योजना सरकारले बनाइरहेको छ । सरकारले सम्भावना दोहनको जग हालिरहेको छ । जनता कुरै बुझ्दैनन् अनि फोहर उठाएन मात्र भन्छन् । मुलुकमा फेयर व्यापारभन्दा फोहरी व्यापार बढी फस्टाएको छ । फेयर ट्रेडमा १० ओटा सिद्धान्त छन् । यो फोहर ट्रेडको त एउटै सिद्धान्त छ । जति बढी फोहर, उत्ति बढी मोहर । फोहरमा मोहर हुने भएकाले त इधरउधरवालाहरू मालामाल हुने तर उद्यमीहरू रसातल पुग्ने स्थिति बनेको हो देशमा । हुन पनि के मात्रै पाइन्न फोहर कवाडीमा ? बियर र मदिराका बोतल, एन्टिबायोटिक लगायत महँगा टनिक र औषधिका बोतल । थोत्रा किताबका साथै भर्खरै छापिएका साहित्यिक नयाँ किताबहरूदेखि कतिपय पुरस्कारप्राप्त किताबहरू सबै पाइन्छन् कवाडीमा । देशको स्थिति बुझ्न, व्यापार बुझ्न अन्त कतै जानै पर्दैन, कवाडीवालाकहाँ गए पुग्छ । समाजका मान्छेहरूको स्वास्थ्य समस्या बुझ्न ढल र फोहरका टोकरीको अध्ययन गर्ने चलन त पुरानो भैसक्यो । त्यसैले कवाडी व्यवसाय पनि अब कुशल व्यवस्थापनको विषय बनिसकेको छ । म्यानेजमेन्ट कलेजहरूका लागि ‘फोहर व्यवस्थापन’ पढाइको एउटा नयाँ विषय हुन सक्छ । कवाडीमा पनि थुप्रै किमती चीजहरू पो फेला पर्छन् त । के थाहा यो फोहरभित्र देशमा हराएका लाउडा, धमिजा, चेज एयरहरू पो भेटिइहाल्छन् कि ! बूढीगण्डकी लगायत थुप्रै राष्ट्रिय गौरवका आयोजनाहरू नै फेला पर्छन् कि ⁄ विकासे योजनाका ठूला ठूला फाइल नै फेला पर्छन् कि ? त्यसैले फोहरमा सम्भावना अनन्त छन् । बरु आउनोस् हामी सबै मिलेर कार्पेट उल्टाएर फोहर उधिन्नतिर लागौं । त्यहाँभित्र केही पुराना केही नयाँ खजाना पक्कै भेटिन सकिन्छ । नभए दशकौंदेखि थुप्रिएर बसेका फोहरहरूलाई सिनित्त पार्न पो सकिन्छ कि ? फेरि, फोहर उठाउने ठेक्का सरकारले मात्र लिएको छ र ? त्यसैले, फोहर लगेर महानगर र सिंहदरबारको गेटमा नराखौं । बरु त्यहाँभित्र गजधम्म परेर बसेका राजनीतिक फोहरहरूलाई चैं इतिहासको डम्पिङसाइटबाटै निकालेर अन्त कतै लगेर विसर्जन गर्नतिर चैं लाग्ने कि ?

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी नेता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल वि

भारतमा कोरोनाका कारण स्वास्थ्य प्रणाली धर्मराएपछि धर्मको शरणमा जनता

भारतमा कोरोनाभाइरसका कारण स्वास्थ्य प्रणाली ध्वस्त भएपछि मानिसहरू धर्मको शरण पर्न थालेका छन् ।  कोही गाईको गोबर र गहुँत शरीरमा दलेर कोरोना भगाउन खोज्दैछन् भने कोही पूजापाठ र यज्ञहवन गराउँदैछन् ।  उत्तर प्रदेशको सहारनपुरमा बजरंग दलले कोरोना रोक्नका लागि भन्दै बाल्टिनमा हवन गरेको छ र हनुमान चालीसा पढ्दै बाल्टिनको धूवाँले गल्लीहरू पवित्र पारेको भन्दै हिँडेको छ ।  बजरंग दलका प्रान्त संयोजक विकास त्यागीले हवन सामग्रीको धूवाँले नै गल्लीहरूमा कोरोना संक्रमण अन्त्य गर्ने बताएका छन् ।    हरियाणाक...

हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस !

भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ […]

कोरोना भगाउन शरीरमा गोबर र गौमुत्र लेपन!

एजेन्सी। भारतमा कोरोनाको त्रास संसारमै सबैभन्दा अधिक छ। त्यही कारण मानिसहरु यसबाट बच्न कतिपयका खराब सल्लाहसमेत मान्न थालेका छन्। यसै क्रममा अहमदावादका केही मानिसले शरीरमा गोबर र गौमुत्र लेपन गर्नसमेत भ्याएका छन्। यसो गर्नाले कोरोना भाग्ने नभई झनै असर गर्ने चिकित्सकले बताएका छन्। गोबर र गौमुत्र लेपन गर्दा म्युकरमाइकोसिससमेत अर्कोखालको संक्रमण हुने र ज्यानै जान सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन्।

कोरोना महामारी : भारतमा अनेक ‘हर्कत’

नयाँदिल्ली । भारतका चिकित्सकहरुले यति बेला कोभिड–१९ लाई भगाउन गाईको गोबर लगाइरहेका मानिसलाई यसको प्रभावकारितासम्बन्धी कुनै प्रमाण नभएको भन्दै चेतावनी दिएका छन् । त्यसबाट अन्य रोग फैलन सक्ने जोखिम रहेको उनीहरुले बताएका छन् । कोरोनाको दोस्रो लहरले भारतमा अहिले ठूलो संकट निम्त्याएको छ । हालसम्म त्यहाँ दुई लाख ४६ हजार बढीको...

बडादशैँ सुरु

बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा. सुनील सिटौला बताउनुहुन्छ । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थल

कोरोनाबाट सुुरक्षित हुँदै रक्षाबन्धन

साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ । चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ ।

https://www.onlinekhabar.com/2020/03/845153

विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको र यसको खास औषधिको आविष्कार हुन नसकेको बेला यसको औषधि दाबी गर्दै विभिन्न अफवाहरू फैलिने क्रम रोकिएको छैन । यसैबीचमा छिमेकी मुलुक भारतमा कोरोनाको औषधि भन्दै गाईको गोबर र गहुँत …

कोरोनाबाट बच्न भारतमा गौमुत्र र गोबर पार्टी गरिने

भारतको राजनीतिक दल, हिन्दु महासभाले कोरोना भाइरसको संक्रमणबाट बच्न गाईको मुत्र र गोबरको केक बनाएर पार्टी गर्ने