भारतमा कोरोनाका कारण स्वास्थ्य प्रणाली धर्मराएपछि धर्मको शरणमा जनता

भारतमा कोरोनाभाइरसका कारण स्वास्थ्य प्रणाली ध्वस्त भएपछि मानिसहरू धर्मको शरण पर्न थालेका छन् ।  कोही गाईको गोबर र गहुँत शरीरमा दलेर कोरोना भगाउन खोज्दैछन् भने कोही पूजापाठ र यज्ञहवन गराउँदैछन् ।  उत्तर प्रदेशको सहारनपुरमा बजरंग दलले कोरोना रोक्नका लागि भन्दै बाल्टिनमा हवन गरेको छ र हनुमान चालीसा पढ्दै बाल्टिनको धूवाँले गल्लीहरू पवित्र पारेको भन्दै हिँडेको छ ।  बजरंग दलका प्रान्त संयोजक विकास त्यागीले हवन सामग्रीको धूवाँले नै गल्लीहरूमा कोरोना संक्रमण अन्त्य गर्ने बताएका छन् ।    हरियाणाक...