जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।शुक्रबार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्ताे बताएका हुन्।मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणका कार्यहरु स्थानीय तह मातहतकै गाउँ ठाउँमा गर्नुपर्दछ। स्थानीय तह, प्रदेश स