जीवन विकास लघुवित्तको श्रमदान

काठमाडौं (अस) । जीवन विकास लघुवित्तले विविध सामाजिक कार्य गरी तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा सम्पूर्ण शाखामार्फत सामाजिक गतिविधिका कार्यक्रम सञ्चालन गरिएको कम्पनीले बताएको छ । कम्पनीले थ्री जिरो क्लब तथा नवबिहानी समूहको संयुक्त आयोजनामा विराटनगर– १२ बखरीमा रहेका बस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नारासहित घर निर्माणमा श्रमदान गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत केन्द्रीय कार्यालयका कर्मचारी, जिल्ला प्रमुख, शाखा प्रमुख तथा शाखाका कर्मचारी, नवबिहानी समूहका सदस्य, थ्री जिरो क्लबका सदस्य, विभिन्न संघ–संस्था तथा स्थानीय समुदाय गरी ३०० भन्दा बढीको सहभागिता थियो । राष्ट्रिय स्तरको वित्तीय संस्थाले हाल २१ जिल्लामा १४६ शाखामार्फत ३ लाख २४ हजार परिवारलाई वित्तीय सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्त संस्थाले दियो बालबालिकाका लागि निःशुल्क ट्युसन सेन्टरको सेवा

मोरङ – मोरङको जीवन विकास लघुवित्त संस्थाले बालबालिकाका लागि निःशुल्क ट्युसन सेन्टरको सेवा दिन थालेको छ। विपन्न तथा गरिब परिवारका बालबालिका विद्यार्थीलाई सेन्टरको सेवा अध्यापन गर्न सहज भएको सेन्टरको भनाइ छ। विराटनगर–१३ को रानी ज्योति महतोले लघुवित्तको सहयोगमा विद्यार्थीलाई निःशुल्क ट्युसन पढाउन थालेपछि अशक्त बालबालिकालाई समेत विद्यालयसम्म अध्ययनका लागि पुग्ने आँट आएको छ। रानीस्थित महतो […]

जीवन विकास लघुवित्तले घटायो लाभांश

२१ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो । यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो । संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ […]

जीवन विकास लघुवित्तको तेस्रो वार्षिक साधारणसभा

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधि सहभागी भएको […]

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पारित गर्‍यो ७३.६८ % लाभांश

चैत २७, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७/ ०७८ को वितरणयोग्य मुनाफाबाट प्रस्तावित ७०  प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश  पारित गरेको छ ।  उक्त सभाबाट सर्वसाधारण शेयरधनीतर्फ गोकर्ण खतिवडा र अशोक सिटौला सञ्चालकको रुपमा चयन भएका छन् । नवनियुक्त सञ्चालकहरुलाई कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्रप्रदान गर्नुका साथै शपथ ग्रहण गराएका  थिए । सभा कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथि तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरू अतिथिको रुपमा आमन्त्रीत रहेको कम्पनीले जनाएको छ ।  उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध

जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सर्किट

साउन ३२, काठमाडौं । साताको दोस्रो कारोबार दिन  सोमवार दुई ओटा अलग - अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समयसम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्था खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । जीवन विकास लघुवित्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू २ हजार ९३४ दशमलव ८० मा कारोबार  भइरहेको छ । मार्केट डेप्थमा उक्त कम्पनीको  खरीद अर्डर ३८लाख ७ हजार ३१७ कित्ता खरीद  अर्डर रहेको छ भने विक्री शून्य रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावरको शेयरमूल्य रू. ४५९ दशमलव ८०  मा कारोबार भइरहेको छ । विक्रेताभन्दा क्रेता धेरै भएकाले ती कम्पनीको शेयरमूल्य बढेको हो ।

जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८२२ दशमलव ४० र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ५८३ दशमलव ९० पुगेको छ ।  ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । केहिदिन अघिमात्र दोस्रो बजारमा ती कम्पनीको कारोबार भएकाले पनि यो दिनको कारोबारमा विक्रेताभन्दा क्रेता धेरै भएका हुन् ।  यो समाचार तयार पार्दाको समय १२ : ४८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा यूनियन लाइफ इन्स्योरेन्सको ५ लाख ८० हजार ६६३ कित्ता खरीद माग रहेको छ भने जीवन विकास लघुवित्तको ४ लाख ५३ हजार ८२ कित्ता शेयर खरीद माग रहेको हो । दुबै कम्पनीको शेयरमा विक्रेता भने शून्य देखिएका छन् ।

जीवन विकास र युनियनको ‘सेयर अर्डर’मा समस्या

१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि […]

जीवन विकास लघुवित्तको सेयर एक घण्टामा ७० कित्ता किनबेच

१४ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सूचीकृत पश्चात बिहीबार पहिलो कारोबार भएको छ । यस संस्थाको ६० लाख ८४ हजार कित्ता आईपीओ बुधबार सूचीकृत भएको थियो । नेपाल स्टक एक्सचेञ्जले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा मूल्य तोकेको थियो । तोकिएको अधिकतम […]

जीवन विकास लघुवित्तको आईपीओ ११ गतेदेखि

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) यही असार ११ गतेदेखि आउने भएको छ। कम्पनीले एक सय रुपैयाँ मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो। कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बस्ने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।