चैत १२, काठमाडौं । प्रहरीले तीन ओटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दामा कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ ।
प्रहरीले निजलाई तीन ओटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा जनही २०, १० र ८ लाख रुपैयाँ गरी ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा कलैया बजारबाट शुक्रवार पक्राउ गरिएको बताएको छ ।
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । उनी निर्माण व्यवसायी संघ बाराको अध्यक्ष पनि छन् ।