कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावन बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको साुमदायिक वनमा दाउरा लिन गएका बेला उहाँमाथि हात्तीले आक्रमण गरेको हो ।गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका–७ की २२