काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबाेधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताउनुभयो ।
उहाँले तरलतामा देखिएको सुधाराेन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताउनुभयो । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उहाँको भनाई छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पा...