न्यान्सी पेलाेसीकाे ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीति : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गर्नुभएको छ ।  मस्कोमा भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उहाँले पेलोसीको भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई अरू देशहरूको सार्...

सम्बन्धित सामग्री

चीन–यूरोपेली यूनियन कटुताको भू–राजनीतिक असर

भर्खरै यूरोपेली यूनियनका अध्यक्ष उजुला फन डेर लेयेनले यूरोपेली यूनियनको अवधारणा सार्वजनिक गरेकी छिन् । आफ्नो चहकिलो र गहकिलो वाक्पटुताको माध्यमले चीन र रसियाको गठबन्धनलाई अप्राकृतिक भनेकी छिन् । लेयेनले राष्ट्रपति सी चिनफिङको नीतिलाई कटाक्ष गर्दै चीनले प्रजातान्त्रिक मूल्य, मान्यता र मानव अधिकारलाई मानर्मदन गर्दै रसियालाई भरथेग गरेको समेत आरोप लगाएकी छिन् । चीन यूरोपेली यूनियनको सबभन्दा ठूलो व्यापारिक साझेदार भए तापनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङको सामीप्य यूरोपेली यूनियनलाई पाच्य भएको छैन । लेयेनले चीनको प्रगतिको प्रशंसा पनि गरेकी छिन् । सन् १९७८ देखि ९ प्रतिशत विकास दर हासिल गर्दै ८०० मिलियन जनतालाई गरिबीको रेखामुनिबाट उकास्न चीन सफल भएको छ । तर चीनले आफ्नो आक्रामक नीतिबाट सम्पूर्ण छिमेकीहरूलाई चिन्तित बनाएको छ । पूर्वीय चीन सागर र दक्षिण चीन सागरमा चीनले आफ्नो सैन्य दबदबा बढाएको छ । चिनियाँ सैन्य भण्डारण भएका लडाकु पानी जहाजले मलेसिया, फिलिपिन्स, इण्डोनेसियाको तटबन्धीय इलाकामा अन्तरराष्ट्रिय सामुद्रिक कानुन विपरीत पसेर आफ्नो हैकम जमाएका छन् । यूरोपेली यूनियनकी अध्यक्ष लेयेनले चीनले गलवान घाँटीमा भारतलाई सैन्य दबाब दिएर आफ्नो साम्राज्यवादी सोच बढाएको उल्लेख गरेकी छिन् । उनको अभिव्यक्तिलाई विश्वका चर्चित छापाखानाहरूले यथेष्ट ठाउँ दिएका छन् । राष्ट्रपति सीको रसिया यात्रालाई पश्चिमा सञ्चार गृहले निन्दा गरेका छन् । राष्ट्रपति सीको राजनीतिक र आर्थिक सिद्धान्तमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केवीन रुडले राष्ट्रपति सीको नीतिलाई आफ्नो कालजयी पुस्तक ‘द अनएभोयाडेवल वार’ बाट आलोकित गरेका छन् । केविन रुडले राष्ट्रपति सीको आक्रामक नीतिलाई चिनियाँको आन्तरिक राजनीति र अर्थनीतिसँग जोडेर व्याख्या गरेका छन् । कोरोनाको कहरलगत्तै चीनको अर्थव्यवस्था शिथिलतातर्फ गएता पनि चीनले त्यसलाई स्वीकार गरेको छैन । चीनको आक्रामक नीतिले गर्दा यूरोप, अमेरिका, आसियान लगायत भारतसँगको चिनियाँँ व्यापारको परिधि साँघुरो हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । चिनियाँ कम्युनिष्ट पार्टीमा आफ्नो दबदबालाई बढाउन सीले सन् २०४९ मा चीनलाई संसारको सबभन्दा ठूलो शक्तिशाली राष्ट्रको रूपमा उभ्याउने मार्गचित्र प्रस्तुत गरेका छन् । चिनियाँ जानकार केवीन रुडले राष्ट्रपति सीको नीतिलाई प्रश्नको घेरामा राखेका छन् । सन् २०१३ बाट शुरू भएको रेशम मार्गको ५ ट्रिलियन अमेरिकी डलरको भीमकायी परियोजनाबाट समेत विश्व अर्थव्यवस्थालाई नकारात्मक रूपले प्रभावित गरेका छन् । हालसम्म रेशम मार्ग परियोजनामा १४७ मुलुकहरू सहभागी भएका छन् । चीनको चर्को ब्याज दर, गरीब मुलुकहरूमा विद्यमान भ्रष्ट्राचारको सञ्जाल र चिनियाँ कम्पनीहरूको एकल निर्णयले गर्दा संसारका धेरै मुलुकहरू चीनको ऋणको पासोमा फसेका छन् । यसमा अफ्रिका र एशियाका देशहरू धेरै रहेका छन् । जाम्बियादेखि भेनेजुलासम्म, अर्जेन्टिनादेखि बेलारुससम्म, श्रीलंकादेखि पाकिस्तानसम्म चिनियाँ ऋण पासोमा रहेका छन् । सन् २०१९ देखि सन् २०२१ सम्म चीनले १०४ बिलियन अमेरिकी डलर ऋण प्रवाह गरेर ऋणको पासोमा रहेका मुलुकहरूलाई उकास्न प्रयास गरेको छ । राष्ट्रपति सीको घरेलु नीतिलाई पनि केवीन रुडले प्रश्नको घेरामा राखेका छन् । सिङ्च्याङ क्षेत्र मानव अधिकारमा भइरहेको मानमर्दन पनि पटक पटक सञ्चारमा सम्प्रेषन भएको छ ।      राष्ट्रपति सीको अष्ट्रेलिया नीति पनि आलोच्य रहेको छ । कोरोनाको कहरमा अष्ट्रेलियाले विश्व स्वास्थ्य संगठनमा आवाज उठाउँदा चीनले प्रतिवाद गर्दै अष्ट्रेलियन वस्तुको आयातमा करको दायरा बढाएको थियो । अष्ट्रेलिया चिनियाँ नीतिबाट रुष्ट भई बेलायत र अमेरिकासँग अक्सको सम्झौता गरेको छ । आफ्नो सुरक्षा बजेटमा अभिवृद्धि गर्दै बेलायत र अमेरिकाको सहयोगमा आणविक पनडुब्बी जहाजका लागि सम्झौता गरेको छ । क्वाडमा अष्ट्रेलिया  सहभागी हुनुका प्रमुख कारण चीनसँगको कटुता नै हो । क्वाडमा भारत, अष्ट्रेलिया, जापान र अमेरिका आबद्ध रहेका छन् । हुन त क्वाडलाई सैनिक गठबन्धनको रूपमा स्वीकार गरिएको छैन । तर क्वाड सम्बद्ध राष्ट्रहरू संयुक्त रूपमा बारम्बार सैनिक अभ्यास गरिरहेका छन् । राष्ट्रपति सीको ताइवान नीति अमेरिका लगायत पश्चिमा जगत्को लागि ठूलो चासो रहेको छ । ताइवानले लिथुनियामा लगानी गरिरहेको छ । ताइवान र लिथुनिया बीच भइरहेको आर्थिक कारोबारप्रति चीनको आपत्ति रहेको छ । ताइवान चीनको भूभाग रहेको चिनियाँ सरकारले घोषणा गरेता पनि ताइवानी सरकारले स्वीकार गरेको छैन । ताइवानले आफ्नो वितरण प्रणालीलाई विस्तार गर्न वा चीनप्रति आर्थिक निर्भरतालाई घटाउन लिथुनियामा लगानी गरेको ताइवानको दृष्टिकोण रहेको छ । अर्को शब्दमा भन्ने हो भने अमेरिका, यूरोपेली युनियन, जापान, भारत, अष्ट्रेलियालगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू बीच व्यापक गठबन्धन भइरहेको छ भने चीन, रसिया, इरान, पाकिस्तानलगायत अन्य मुलुकहरूको पनि गठबन्धन बढिरहेको छ । मध्य एशियामा पनि चीनको भूमिका उल्लेख्य रहेको छ । साउदी अरेबिया र इरानको बीच निकटता र सम्झौता गराएर चीनले आफ्नो पकड र पहुँचलाई प्रष्ट पारेको छ । रसिया–युक्रेन युद्धको बाछिटाबाट संसारका गरीब मुलुकहरूको अर्थतन्त्र डगमग भइरहेको अवस्थामा शक्ति केन्द्रहरूको ध्रुवीकरण गठबन्धन र गठजोडले मानव संवेदनालाई आत्मसात् गरेको छैन । अमेरिकी पूँजी र यूरोपेली प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गर्दै चीन सफलताको शिखरमा पुगेता पनि राष्ट्रपति सीको नीतिले विश्व व्यवस्थालाई प्रभावित गरेको छ । चीनको प्रगतिको कारण नै पश्चिमा बजार र पश्चिमा पूँजी भएकोले गर्दा चीन र यूरोपेली यूनियनको कटुताले दुईवटै अर्थतन्त्रलाई नकारात्मक ढङ्गले प्रभावित गर्न सक्दछ । लेखक विश्वमामिलाका अध्येता हुन् ।

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ताको तयारी

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो । चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । भेटमा उहाँहरुबीच रुस–युक्रेन युद्ध र ताइवान मामिलाबारे पनि छलफल हुने अनुमान गरिएको छ । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्वेकि...

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्ने भएका छन् । सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्नेछन् । याे यात्राको  मुख्य उपलब्धि पुटिनसँगको भेट हुनेछ । ‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने । ‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीति

जी २० सम्मेलनमा पुटिन र सी सहभागी हुने, होला बाइडेनसँग वार्ता ?

चीनका राष्ट्रपति सि जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन नोभेम्बरमा हुने ‘ग्रुप अफ २० समिट’मा सहभागी हुने भएका छन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सि र पुटिनको सहभागिताबारे पुष्टि गरेका हुन्। रसियाले युक्रनेमाथि आक्रमण गरेपछि र ताइवान तनावबिच हुन लागेको सो ‘ग्लोबल समिट’ लाई महत्वका साथ हेरिएको छ। सी सन् २०२०…

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो : राष्ट्रपति पुटिन

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गर्नुभएको छ । मङ्गलबार यहाँ भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उहाँले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक […]

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको अंग होः पुटिन

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ को रूपमा टिप्पणी गरे ।

रुस–युक्रेन तनाव : विश्व शेयर बजार पछिल्लो ३ हप्ताकै न्यून स्तरमा

फागुन १०, लन्डन । विश्व शेयर बजार सोमवार तीन हप्ताकै न्यून स्तरमा आएर बन्द भएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हो कि भन्ने चिन्ता बढेपछि लगानीकर्ताहरु त्रसित हुँदा बजार प्रभावित भएको हो ।  युक्रेनबाट सीमा नाघेर आएका पाँच जना हतियारधारीहरुले रुसी सेनाहरु मारेको खबर सार्वजनिक भएको थियो । युक्रेनले भने सो आरोपको खन्डन गरेको छ । उत्तरी यूरोपको सीमा भएको सो घटनालाई मस्कोले छिमेकी देशमाथि हमला गर्ने बाहानाका रुपमा प्रयोग गर्ने हो कि भन्ने भय पछिल्लो समय विश्वभर बढेको छ । तर रुसले भने यस्तो योजनाको अस्वीकार गर्दै आएको छ । संकट बढ्ने हो कि भनेर बजारमा सतर्कता चुलिएको छ  ।  सोमवार एमएससीआई विश्व शेयर सूचकांक शून्य दशमलव ४ प्रतिशतले घटेर ७०० दशमलव ११ अंकमा आएको थियो । अमेरिकामा सार्वजनिक बिदा भएकोले बजारमा छिटपुट कारोबार हुँदा पनि बजारमा तीव्र  उतारचढाव देखिएको हो । मंगलवार पनि अमेरिकी शेयर बजार ओरालो लाग्ने देखिएको छ । एसएन्डपी ५०० र नास्डाक फयूचर्स दुबै क्रमशः २ प्रतिशत र २ दशमलव ७ प्रतिशतले घटेका छन् ।  यूरोपमा पनि शेयर बजार १ दशमलव ६५ प्रतिशतले घटेर चार महीनाभन्दा बढी समययताकै न्यून स्तरमा आएुर बन्द भएको छ । बेलायतमा पनि फ्ट्सी १०० शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । एशियामा पनि सोमबार अधिकांश शेयर बजार राताम्मे बनेका थिए । मंगलवार शुरुआती कारोबारमै दक्षिण कोरिया, सिंगापुर, ताइवान रातोमा छन् । अष्ट्रेलियामा पनि एएसएक्स २०० बिहानी कारोबारमा १ दशमलव  ३ प्रतिशतले घटेको थियो । तेलको भाउ बढेर ९७ डलरमाथि ब्रेन्ट क्रुडको भाउ ४ प्रतिशतले बढेर ९७ डलर ३५ सेन्टसम्म  उक्लिएको छ ।  यो सन् २०१४ को सेप्टेम्बरयताकै उच्च हो । नेपाली समयअनुसार बिहान ७ः२५ बजेतिर लन्डनको आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर १३ सेन्ट कायम भएको थियो । सोही समयमा वेष्ट टटेक्सस इन्टरमिडियटको भाउ पनि ३ दशमलव शून्य ६ प्रतिशतले बढेर प्रतिब्यारेल ९३ डलर ८६ सेन्टमा पुगेको थियो ।  बाइडेन–पुटिन बीच भेटवार्ताको सम्भावना धुमिल बन्दै गएसँगै तेलको भाउ एक पटक फेरि बढ्न थालेको विश्लेषकहरुले बताएका छन् । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपक) र समूहबाहिरका रुसलगायत मुख्य तेल उत्पादकहरुको समूह ओपेक प्लसले कोटाअनुरुप तेलको उत्पादन बढाउन नसक्दा पनि तेलको भाउले टेवा पाइरहेको छ । दैनिक १० लाख ब्यारेल भन्दा धेरै इरानी तेल बजारमा आउने सम्भावनाबीच तेलको भाउ वृद्धि भने सीमित भएको छ ।  सन् २०१५ को परमाणु सम्झौता ब्यूँताउने विषयमा बसेको बैठकमा सोमवार उल्लेख्य प्रगति भएको इरानका विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । बजारमा आपूर्ति कसिलो भएकोले थप तेल आउने खबरले बजारमा सहता हुने विश्लेषणकहरु बताउँछन् । तर इरानी तेल यो वर्षको उत्तरार्द्धतिर मात्रै बजारमा आउने भएकोले निकट भविष्यमा बजार अस्थीरता भने कायम हुनेछ । रुसले युक्रेनमाथि हमला  गर्याे भने तेलको भाउ १०० डलरमाथि उक्लिने छ ।  सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक सोमवार अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने आशंकमा सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔस १ हजार ९१३ डलर ५९ सेन्टसम्म पुगेको छ । यूएस गोल्ड फयूचर्स पनि १ हजार ९१३ डलर ६ सेन्टसम्म पुगेको छ । मंगलवार कोमेक्समा शुरुआती कारोबार देखि नै सुनको भाउ उकालो लागेको थियो । बिहानी कारोबारमा चाँदी, प्लाटिनम, पालाडियम लगायत अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । एजेन्सीको सहयोगमा

पुटिन र सीको सम्झौता अपमानजनक भएको भन्दै ताइवानद्वारा निन्दा

ताइवानको विदेश मन्त्रालयले ताइवान चीनको हिस्सा हो भन्ने चीनको निरन्तर झूटो दाबीलाई फैलाउनु केही देशको बानी जस्तै भएको बताएको छ ।