खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।३९ वर्षीय बुढाथोकीलाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।निरजले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उ