निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीमा दाबी विरोधका लागि एक साताको समय दिएको छ । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मका लागि दावी विरोधको समय दिएको हो। उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मत