कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको सिफारिसमा प्रवेश प्रमुख तिलक परियारले ५ जनालाई मन्त्री नियुक्त गरेका छन् भने उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नियुक्ति सँगै पद तथा गोपनीयताको शपथ लिएका