नेपालमा आन्तरिक हवाइ सेवा सञ्चालनका लागि पर्याप्त जहाज नहुदाँ स्थापना गरिएका अधिकांस विमानस्थल सञ्चालन हुन सकेको छैन । नागरिक उडड्यन प्राधिकरणको तथ्याङक अनुसार स्थापना भएका ५४ वटा विमानस्थल मध्ये १९ वटा सञ्चालन हुन सकेको छैन भने सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा समेत पर्याप्त हवाई सेवा दिन सकेको छैन ।