काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनु भएको छ ।
काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गर्नुभयो ।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करकाे दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइम...