मन्त्रीबाट अपमानजनक तरिकाले हटाइएको भन्दै एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिटब्युरो सदस्य प्रेम आले र केन्द्रीय सदस्य किसान श्रेष्ठ पार्टी नेतृत्वसँग असन्तुष्ट छन् । चारै जना पार्टीको नियमित काममा फर्केका छैनन् ।