काठमाण्डाै - हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाएर भत्काउन शनिबारदेखि सुरुआत गरेको हो । नगर क्षेत्रका राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मा...