नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदाचारयुक्त राजनीति गर्ने बताएका छन्। नयाँ शक्ति पार्टी, नेपाल संघीय परिषद्को चौथो विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पेशा र व्यवसायजस्तो ढंगबाट अघि बढिरहेको राजनीतिलाई आफूहरूले रूपान्तरण गर्ने बताए।