काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरूलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गर्नुभएको छ ।
आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले हरेक क्षेत्रमा छिटो सेवा दिने र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महँगी र कालोबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । युवाको विदेश पलायनको क्रमलाई रोक्न पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न स...