काठमाडौँ : मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरुले गरेका छन्।सोमवार गोदावरीमा शुरु भएको चारदिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय बैठकले लिने प्रतिक्रिया दिएका हुन्। न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएक