किन पटक पटक विवादित बन्छ काठमाडाैं महानगर?

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत सोमबार अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’को खाना पकाउन बनाएको टहरा भत्काइदियो। त्यति मात्रै होइन सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा प्रहरीले टिम नेपालका अध्यक्ष विमल पन्तसहित १८ भन्दा बढी अभियन्ताहरूलाई पक्राउ गर्‍याे। महानगरपालिकाले टहरा भत्काएपछि मजदुरी र गरिबीको भोको पेटमाथि लात हानेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जाललगायत माध्यामबाट चर्को आलोचना र विरोध गरे। टिम न