कांग्रेस र माओवादी नेतालाई दायाँबायाँ राखेर धनराजले भने : मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो

१२ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गर्न पुगेका उनले भने, ‘मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो ।’ आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए […]

सम्बन्धित सामग्री

प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी

नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दीपेश थारुले  पदबाट राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयरमा उम्मेदवारी दिएका छन् । गत वैशाख ९ गते राजीनामा बुझाएका थारुको आइतबार राजीनामा स्वीकृत भएको हो । मेयरको प्रचारमा व्यस्त रहेका थारु प्रदेशबाट भन्दा स्थानीय तहबाट अझ धेरै जनताको सेवा सकिने बताउँछन् । उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानी

सत्ता गठबन्धनबाट जसपाका साहद्वारा जनकपुरधामको मेयरमा उम्मेदवारी दर्ता

जनकपुरधाम – सत्ता गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले जनकपुरधामको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादीको तर्फबाट साहले उम्मेदवारी दर्ता गराएका हुन्। सत्ता गठबन्धनमा जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा मेयर परेपछि जसपाले निवर्तमान मेयरलाई नै उम्मेदवार बनाएको हो। २०७४ को निर्वाचनमा साह तत्कालीन राजपा नेपालबाट १० हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए। पछि पार्टी एकता […]

स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौँ- स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।  युवाहरू माझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।  पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी […]

र्‍यापर बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । युवाहरुमाझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी […]

अटेरी समूहबाट साहित्यकार पौडेलले गरे पोखराको मेयरमा उम्मेदवारी दर्ता

अटेरी अभियान चलाउँदै आएका गनेस पौडेलले पोखराको मेयरमा उम्मेदवारी दिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनको १ नम्बरमा दर्ता भएको छ। अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेदवारी पर्ने भएको छ। आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। पाैडेलकाे प्रस्तावकमा अप्सरा अधिकारी र […]

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद त्यागे

नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्। स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा...

भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिने कांग्रेसको असन्तुष्ट पक्षको तयारी

१० वैशाख, चितवन । चितवनमा नेपाली कांग्रेसको एक समूहले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसको जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा शनिबार भएको भेलाले मेयरमा उम्मेदवारी दिने निष्कर्ष निकालेको तरुण दल चितवनका पूर्वअध्यक्षसमेत रहेका नेता शम्भु अर्यालले जानकारी दिए । ‘कांग्रेसबाट मेयरमा उम्मेदवारी कायम रहनुपर्छ भन्ने निष्र्कषमा पुगेका छौं ‘नेता अर्यालले भने, […]

भुवन केसीले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने

काठमाडौँ- अभिनेता भुवन केसीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरकाे मेयरमा उम्मेदवारी नदिने जानकारी गराएका हुन्। अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन्। त्यस्तै उनले आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको […]