म्याग्दी : जिल्लाका ग्रामीण भेगमा कामको माचो छ। खेतको धान र बारीको कोदो थन्काउन किसानलाई भ्याइनभ्याइ छ। धान थन्काएर नभ्याइसक्दै गहुँ छर्न र आलु लगाउन किसानलाई हतारो हुन्छ। रासायनिक मल नपाउँदा किसानलाई कसरी खेती लगाउने भन्ने चिन्ता छ।यता राजनीतिक दलका नेता र उम्मेदवारहरूलाई मंसिर ४ गते हुने निर्वाचनको लागि गाउँ गाउँमा पुगेर मतदाताहरूलाई भेट्दै आफ्नो पक्षमा मत माग्ने हतारो छ। भोट माग्न गाउँ उक्लिएका उम्मेदवारहरूले मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेर भोट माग्ने गरेका छन्। मतदाताहरू भने कोही