चितवनका उम्मेदवार भोट माग्दै मतदाता शिक्षा सिकाउँदै

चितवन – चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतबार खैरहनी नगरपालिका–३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै थिए। उनले आफूलाई मत मागिसके पछि मतदान गर्ने तरिकाबारे सिकाउन थाले। ‘तपाईले हामीलाई भोट हाल्छु भनेर मात्र हुँदैन, सही तरिकारले मतदान गर्न पनि जान्नुपर्छ, उनले भने, ‘बदर भयो भने आफ्नो अमूल्य मत […]

सम्बन्धित सामग्री

अनेक रुपका बदर मत !

बलेवा, ७ मङ्सिर । सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा दलहरुले आ–आफ्नो चिह्नमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा । मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर […]

पूर्व प्रमुख निर्वाचन आयुक्त भन्छन्- मौन अवधिमै मतको व्यापार दुःखद हो

काठमाडौं, २ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय मतदानमा जान ढिलो भैसकेको टिप्पणी गरेका छन् । ‘मत बदर जुनसुकै निर्वाचनमा हुन्छ । यसको प्रमुख कारण मतपत्रको जटिलता हो । दल र उम्मेदवार धेरै छन् । मतदान स्थल उज्यालो छैन । सानो ठाउँमा धेरै व्यवस्थापन गर्नुपरेको छ । मतदाता शिक्षा व्यापक रुपमा हुन […]

भोट माग्दै मतदाता शिक्षा दिँदै उम्मेदवार

भरतपुर : चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतवार खैरहनी नगरपालिका-३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै थिए। उनले आफूलाई मत मागिसके पछि मतदान गर्ने तरिकाबारे सिकाउन थाले। ‘तपाईले हामीलाई भोट हाल्छु भनेर मात्र हुँदैन, सही तरिकारले मतदान गर्न पनि जान्नुपर्छ’, उनले भने, ‘बदर…

भोट माग्दै मतदाता शिक्षा दिँदै उम्मेदवार

चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतबार खैरहनी नगरपालिका–३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै हुनुहुन्थ्यो । उहाँले आफूलाई मत मागिसके पछि मतदान गर्ने तरिकाबारे सिकाउन थाल्नुभयो । “तपाईले हामीलाई भोट हाल्छु भनेर मात्र हुँँदैन, सही तरिकारले मतदान गर्न पनि जान्नुपर्छ, उहाँले भन्नुभयो”, बदर भयो भने आफ्नो अमूल्य मत …

बाक्लो हिमपातले लिमी पुग्न सकेनन् उम्मेदवार : न मतदाता शिक्षा, न प्रचारप्रसार

सुर्खेत : हिमपातका कारण हुम्लाका नाम्खा गाउँपालिका–६ लिमीका  तीन  गाउँमा  निर्वाचनसम्बन्धी कुनै गतिविधि हुन सकेका छैन। बाक्लो हिमपातले  गर्दा लिमी जाने  दुुईवटा नाका बन्द भएकाले  प्रत्यासी उम्मेदवार  र  राजनीतिक दलका नेताहरू लिमी पुुग्न नपाएका हुन्। दुईवटै नाका चार हजार ६०० मिटर  अग्लो  नारा लेक र  पाँच हजार  मिटरको न्यालु लेकमा  चारदेखि पाँच फिट हिउँ जमेको हो।लिमी हल्जी गाउँका स्थानीय  खेन्

निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो ।आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिउनेछ । स्थानीय तहको निर्वाचनका लागि मंगलवार राति १२ बजेबाट नै मौनावधि शुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।यसको अनुगमनको लागि आय

घरदैलोमा पुगेर मतदाता शिक्षा

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम नगर्दा अन्योलमा रहेका मतदातालाई मतदान गर्ने तरिका सिकाउन उम्मेदवारहरू आफैं कस्सिएको दलका कार्यकर्ताको भनाइ छ। स्थानीय तहमा प्रमुखका उम्मेदवार नै मतदातालाई कसरी मत हाल्ने भन्दै सिकाउनुपर्ने बाध्यतामा रहेका छन् भने का...

मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने  भन्ने विषयमा सिकाउन थालेका हुन् । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पु

मतदाता शिक्षा दिँदै घरदैलो

पाल्पामा उम्मेदवार तथा दलका कार्यकर्ता मतदाता शिक्षासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा सचेतना सञ्चालन नगरेपछि मत बदर हुने आशङ्काले विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता मतदाता शिक्षासहित भोट माग्न व्यस्त बनेका हुन् ।

निर्वाचनमा मतदाता शिक्षा

मतदाता शिक्षा भन्नाले कुनै निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने साधनहरूको बारे मतदातालाई जानकारी गराउनको निम्ति अवलम्बन गरिने सूचना, सामग्री तथा कार्यक्रमसम्बन्धी कार्यलाई जनाउँछ । यसैको माध्यमबाट मतदाताहरूले कुन प्रकारको निर्वाचन भइरहेको छ, कहाँ, कहिले र कसरी मतदान गर्ने, उम्मेदवारहरू कुन कुन राजनीतिक दलसँग सम्बन्धित छन् वा स्वतन्त्र रहेका छन् भन्ने विषयमा जानकारी लिन सक्ने अवस्था सिर्जना हुन्छ । यसैगरी, मतदाता सूचीमा आफ्नो नाम रहे, नरहेको र मतदाता सूचीमा नाम समावेश नभएको अवस्थामा मतदान गर्न सकिने वा नसकिने जस्ता कुरामा पनि जानकारी पाउन सकिन्छ । साथै, यस्तो शिक्षाको माध्यमबाट कहाँ र कसरी उम्मेदवार दर्ता हुन सक्छन् भन्ने बारे समेत सूचना प्राप्त गर्न सक्ने अवस्था रहन्छ । अर्कातर्फ, प्रत्येक निर्वाचनमा पुरुष र महिलाले समान हैसियतमा आफ्नो राजनीतिक अधिकार प्रयोग गर्न सक्ने वातावरणको सिर्जना हुनुको साथै मतदानको निम्ति सोधिने प्रश्नजस्तै कसलाई, कसरी र कहाँ मतदान गर्ने भन्ने कुराको सन्दर्भमा पनि ज्ञान हुन सक्ने अवस्था रहन्छ ।