कसरी न्यूनीकरण गर्ने आत्महत्याका घटना ? (भिडियो वार्ता)

काठमाडौं । नेपालमा आत्महत्याका घटना दिनानोदिन बढ्दो क्रममा छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार नेपालमा सरदर दैनिक १५ वटा आत्महत्याका घटना हुने गरेका छन् । पछिल्लो समय सामूहिक आत्महत्या, परिवारका सदस्यको हत्यापछि आत्महत्याजस्ता घटनामा वृद्धि भइरहेको छ । आत्महत्यालाई आपराधिक घटनासँग जोडेर हेर्ने गरिएपनि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसलाई मानसिक,...

सम्बन्धित सामग्री

रामेछापमा बढ्दै आत्महत्याका घटना

आत्महत्या न्युनीकरण गर्ने सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन नहुँदा रामेछापमा वर्षेनी आत्महत्याका घटनामा बृद्धि हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४३ जनाले आत्महत्या गरेकोमा उक्त घटनामा...

आत्महत्याको विकृति बढ्दै

डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो। डडेल्धुरामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १५ जना महिला र १५ जना नै पुरुष थिए। सो वर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा आठ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक २०७७/७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष छन्। आव २०७७/७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैँले देहत्याग गरेको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ जनाले आत्महत्या गरेका छन्। जसमा १८ जना महिला र नौ जना पुरुष रहेका छन्। गत आव २०७८/७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। चालू आवको साउन र भदौ महिनामा छ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार आत्महत्या गर्नेमा चार महिला र दुई पुरुष छन्। दुई महिनाको अन्तरालमा छ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न नागरिक समाज र स्थानीय तहको विशेष सहयोग आवश्यक छ। ’’ आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले समाजको विकृतिका रूपमा सिर्जित अपराध रोक्न स्थानीय तह र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने बताउनुभयो।

जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

टोकियो । जापानका बालबालिकाद्वारा आत्महत्या हुने घटनामा वृद्धि भएको देखिएको छ । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ । बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ । कोरोना भाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका […]

लकडाउनमा आमहत्या बढी

कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।