अकबरे खुर्सानीले बाँदरको हैरानीबाट मुक्त

दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्। मकै तथा अन्य बाली बाँदरबाट जोगाउन नसकेका यहाँका किसानलाई अकबरे खुर्सानी खेतीले खुसीसँगै गाउँमै बस्ने आधार दिएको छ। बारीमा मकै, तरकारी तथा बाली लगाउँदा बाँदरबाट जोगाउने अवस्था थिएन। अहिले अकबरे खुर्सानी खेतीले श्रम र लगानी जोगिएको रिब्दीकोट–४, भैरवस्थानका किसानको भनाइ छ। स्थानीय किसान इशा गौतमले अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म मकै खेती गर्दा बाँदरबाट जोगाउनै मुस्किल थियो, बाँदरले गर्दा गाउँ छाड्ने हो कि भन्ने चिन्ता थियो तर मकै खेती छाडेर खुर्सानी खेती गरेपछि बाँदरको नोक्सान सहन परेको छैन।” अकबरे खुर्सानी खेतीबाट मकैको तुलनामा पाँच गुणा फाइदा भएको उहाँको भनाइ छ।

सम्बन्धित सामग्री

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि […]

सिगानाको अकबरे खुर्सानी पुग्छ युरोप-अमेरिकासम्म

पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको बागलुङ सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । अहिले यहाँका खुर्सानी यृरोप, अमेरिका पुग्न थालेको छ । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो । …

युरोप, अमेरिका पुग्छ अकबरे खुर्सानी

पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो । उहाँले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्य

पीरो भनेकै अकबरे खुर्सानी

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ अकबरे खुर्सानी भनेपछि हुरुक्कै हुन्छिन् । उनी भन्ने गर्छिन्, ‘भातसँग अकबरे खान एकदमै मन पर्छ । प्रायजसो त म अकबरे खुर्सानी बोकेरै हिंड्थें ।’ त्यसो त गायक उदय सोताङ पनि अकबरे खुर्सानी असाध्यै रुचाउँछन् । उनी भन्छन्, ‘अकबरे छ भने खानाको स्वाद दोब्बर बढ्छ ।’ उनी अक्सर खानामा अकबरे छुटाउँदैनन् […]

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

काठमाडौँ,१९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन […]

तेह्रथुमका किसान अकबरे खुर्सानी खेतीप्रति आकर्षित

तेह्रथुम । पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रुपमा अकबरे खुर्सानी खेतीलाई लिन थालेका छन । अकबरे खेतीतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा याे खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा तेह्रथुम जिल्ला ४ सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे खुर्सानी खेती उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ […]

सोलुखुम्बुबाट १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी निर्यात

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ । वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खुर्सानी पूर्वको धरान, मोरङसहित काठमाण्डौलगायतका सहरमा उच्च माग छ । खुर्सानीको माग बढेसँगै राम्रो आम्दानी हुने हुँदा किसान व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् । सोलुखुम्बुको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिक...

छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत खेतीले खान समेत धौ धौ हुने अवस्थाका किसानको जीवन स्तरमा खुर्सानी खेतीले सुधार भएको […]

तस्वीर : अकबरे खुर्सानी टिप्दै एक युवा

भोजपुर नगरपालिका– ४, दावा सिद्धेश्वरका गणेश विष्टले उत्पादन गरेको अर्गानिक अकबरे खुर्सानी टिप्दै । विष्टले चार रोपनी क्षेत्रफलमा लगाएको खुर्सानी प्रतिकेजी रू. ३०० मा फर्मबाट विक्री हुँदै आएको छ । एक पटकमा ७० केजीसम्म खुर्सानी टिप्ने गरेको उनी बताउँछन् । तस्वीरः रासस

तस्वीर : अकबरे खुर्सानी : पीरो तर गुनिलो

भोजपुर जिल्लाको भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक सङ्गीता प्रधानले विक्री गर्नका लागि टिपेर राखेको अकबरे खुर्सानी । यो खुर्सानी स्थानीय बजारमा २५० देखि ३०० रुपैयाँसम्म विक्री हुने गरेको छ । अकबरे खुर्सानी नेपालको धेरै भू भागमा उत्पादन हुन्छ । भोजपुर, इलाम, पाँचथर जस्ता ठाउँ त अकबरे खुर्सानीकै लागि कहलिएको छ ।अकबरे पीरो मात्र होइन, गुनिलो पनि हुन्छ ।  अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुन्छ । ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ । तस्वीर : रासस