काठमाडौँ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।