हुम्ला : जिल्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो । सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए।