केही सांसदले मतदान गरेको फोटो खिचेको भन्दै गगन थापाको असन्तुष्टि

काठमाण्डाै – कांग्रेस संसदीय दलको मतदानका क्रममा केही सांसदहरुले फोटो खिचेको भन्दै गगन थापाले असन्तुष्टि जनाउनुभएको छ ।  संसदीय दलको नेताका उम्मेदवार थापाले मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको फोटो खिचेको देखेको बताउनुभयो । सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै थापाले असन्तुष्टि जनाउनुभएको हो । मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताए पनि सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समितिले मोबा...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, गगनले पाए २५ मत

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा ८९ जना सांसदले मतदान गरेका थिए। जसमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री गगन थापा २५ मत पाएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै […]

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो । कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् । केहीबेरमा मतगणना सुरु गर्ने तयारी छ ।  संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा हुनुहुन्छ । संसदीय दलको नेतामा निर्वाचित हुनको लागि ४५ सांसदको मत चाहिन्छ ।

सिंहदरबारमा माया राईलाई पर्खँदै कांग्रेस : ८८ जनाले मतदान गरे

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न अहिले सिंहदरबारमा मतदान भइरहेको छ। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र गगन थापा चुनावी मैदानमा छन्। अहिले मतदान अन्तिम चरणमा पुगेको छ। संसदीय दलको नेता छान्न कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदले आज मतदान गर्दैछन्। ती मध्ये ८८ जनाले मतदान गरिसकेका छन्।…