सिंहदरबारमा माया राईलाई पर्खँदै कांग्रेस : ८८ जनाले मतदान गरे

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न अहिले सिंहदरबारमा मतदान भइरहेको छ। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र गगन थापा चुनावी मैदानमा छन्। अहिले मतदान अन्तिम चरणमा पुगेको छ। संसदीय दलको नेता छान्न कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदले आज मतदान गर्दैछन्। ती मध्ये ८८ जनाले मतदान गरिसकेका छन्।…

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दल चुनावको मतदान सकियो

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि सोमबार भएको चुनावको मतदान सकिएको छ । ८८ जना सांसदले मतदान गरेका छन् । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो । सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेकाले उनलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो ।

कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न

काठमाडाैँ – नेपाली कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न भएकाे छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएकाे निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएकाे निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए। निर्वाचनमा कुल ८९ मत खसेकाे हाे। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए। सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित […]

कांग्रेस निर्वाचन : सुत्केरी सांसदलाई मतदान गराउन अस्पतालमै पुगे प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सुत्केरी सांसदलाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल पुगेका छन् । सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन् । उनी ओम अस्पतालमा छिन् । अन्य सांसदहरूले मतदान गरिसकेका छन् । अब राई एक जना मात्रै बाँकी छन् । […]