बर्दियामा अनिश्चतकालीन कर्फ्यु अहिलेसम्म जारी छ। दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएपनि मङ्गलबार बिहान ९ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘दुवै पक्षको सुरक्षाको लागि कर्फ्यु जारी गरिएको हो’ उनले भने ‘भोलिसम्म स्थिति सामान्य भए भोलि बिहान ९ बजेपछि कर्फ्यु हटाइने…