बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य, भोलि डिस्चार्ज हुने

काठमाडौं : 'पोस्ट कोभिड सिन्ड्रोम' भई अस्पताल भर्ना भएका पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोनाविरुद्धको खोप लगाएपछि उनलाई ज्वरो आएकोले त्रिवि शिक्षण महाराजगञ्‍जमा फागुन १९ गते साढे ११ बजे भर्ना भएका थिए।'अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ज्वरो पनि छैन,' अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने,'स्वास्थ्य अवस्था यही गतिमा सामान्य रहेमा भोलिसम्ममा उहाँलाई डिस्चार्ज गर्न सक्ने सम्भावना छ। अहिले आराम गरिरहनुभएको छ।'

सम्बन्धित सामग्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज

काठमाडौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन्। ह्रदयघात भएपछि काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ डिस्चार्ज भएका हुन्।गत मंसिर १९ गते अस्पताल भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी समेत गरिएको थियो। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह र सिफारिसमा डिस्चार्ज गरिएको हो।हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री श्रेष्ठको उपचारम

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उहाँमा पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यही अवस्था कायम रहेमा सम्भवतः भोलि मङ्गलवरासम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने उहाँको भनाइ छ ।  यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरि...

बिना अप्रेसन कसरी निकालियो पेटभित्र अड्किएको चम्चा?

हाल ती किशोरी उपचारपछि डिस्चार्ज भएकी छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। यस किसिमको जटिल उपचार जीवनमा पहिलो पटक गरेको डा कुँवर सुनाउँछन्।

प्रशिक्षक अलमुताइरी डिस्चार्ज भए

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य अवस्था सामान्य रहेकाले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पताल बाट डिस्चार्ज भएका छन् । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेपछि थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले […]

अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सामान्य

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य रहेको छ । कार्यक्रममा लागि भैरहवा गएको बेला बुधबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको उपचार मेडिसिटी अस्पतालमा चलिरहेको छ । आइसीयुमा राखेर उनको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था समान्य रहेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताए । नवलपरासीबाट भैरहवा आएका अध्य

मनिष डाँगी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डाै – फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् ।  त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो । खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ । मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले ...

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पतालबाट डिस्चार्ज भएका छन्।  स्वास्थ्य अवस्था सामान्य बनेपछि बैठकलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। दमको समस्या बढेपछि उनी गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना...

मोहन वैद्य डिस्चार्ज

काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन् । दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

कलाकार मदनकृष्ण अस्पतालबाट डिस्चार्ज

काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए। 'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न…

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, छिट्टै डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।