विद्यालयले शुल्क बढाउन नपाउने

नयाँ शैक्षिक सत्रमा निजी तथा संस्थागत विद्यालयले आफूखुसी शुल्क वृद्धि र पाठ्यपुस्तक वृद्धि गर्न पाउने छैनन् । विगतका वर्षमा आफूखुसी शुल्क वृद्धि गर्ने प्रवृत्ति रोक्न स्थानीय तहले उक्त निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

काठमाडाैँ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए । “हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ”, उनले भने , […]

आस्बा शुल्क पाँच रुपैयाँ मात्रै

नेपाल धितोपत्र बोर्डले आइपिओ (साधारण सेयर) भर्दा पाँच रुपैयाँभन्दा बढी आस्बा शुल्क लिन नपाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्ड बैठकले आइपिओमा आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाले लिन पाउने...

बक्यौता शिक्षण शुल्क उठाउनै नपाउने भन्ने कुनै सहमति भएको छैन : प्याब्सन वीरगञ्ज

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन वीरगञ्जले सर्वपक्षीय छलफलमा बक्यौता शिक्षण शुल्क उठाउनै नपाउने भन्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ।महानगरले बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले सामाजिक सञ्जालमा जारी गरेको सूचनाप्रति ध्यानाकर्षण जनाउँदै वीरगञ्ज प्याब्सनले स्पष्ट पारेको हो। आज एक सूचना जारी गरी वीरगञ्ज महानगरले संस्थागत विद्यालयहरूको सञ्चालक तथा अन्य सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले अनधिकृत स्रोत फेसबुकबाट सूचना ज

हायर पर्चेज कर्जा दिने कम्पनीले सेवा शुल्क लिन नपाउने

१६ माघ, काठमाडौं । हायर पर्चेज कर्जा लगानी गर्ने कम्पनीहरुले व्याजदर बाहेकका कुनै पनि शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरको हो । यसअघि यस्ता कम्पनीहरुले प्रोसेसिङ शुल्कका नाममा ०.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म […]

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क १५ सयभन्दा बढी लिन नपाउने

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क एक हजार ५०० भन्दा बढी लिन नपाउने भएका छन् । यसअघि अधिकतम लिन पाउने शुल्क दुई हजार थियो ।  स्वास्थ्य मन्त्रालयले मूल्य समायोजन गर्दै निजी प्रयोगशालाले अधिकतम एक हजार ५०० शुल्क लिन सक्ने जनाएको हो । त्यस्तै सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क ८०० रूपैयाँ तोकिएको छ । यसअघि एक हजार रूपैयाँ थियो ।  लक्षण देखिएकाहरूको हकमा भने सरकारी प्रयोगशालाहरूमा पीसीआर परीक्षण निःशुल्क गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

मेडिकल कलेजले बढी शुल्क लिन नपाउने

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारले गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एव्म विद्यार्थीहरुको बिचमा भएको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम […]

आयोगले तोकेभन्दा एमविविएसमा बढी शुल्क लिन नपाउने

राष्ट्रिया चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेकोभन्दा बढी शुल्क शैक्षिक संस्थाले लिन नपाउने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थीबीच भएको छलफलमा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने सहमति भएको हो । मन्त्रालयका …

कानुनविपरीत शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने आयोगको चेतावनी

आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐनले तोकेको बाहेक अन्यमा शुल्क लिन नपाउने निर्णय भएको बताउनुभयो ।

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक […]