पदाधिकारी चयन गर्न बोलाएको माओवादी बैठक कोरोनाले स्थगित

नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।‘केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले रातोपाटीसँग भने, ‘अरु कारण केही छैन ।’माओवादीको प

सम्बन्धित सामग्री

पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

काठमाडौँ,३ भदौ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति […]

माओवादी बैठक सुरू, पदाधिकारी आजै टुंगिने नेताहरूको दाबी

पार्टीमा थाती रहेको पदाधिकारी चयन पनि आजबाट टुंगिने नेताहरूले बताएका छन् । प्रज्ञा भवन छिर्दै नेता वर्षमान पुनले पदाधिकारीको विषय आज टुंगिने दाबी गरे ।

माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन

काठमाडौँ –  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिएका छन् । आइतबार सुरु बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी थियो । हाल महासचिवसहित १४ पदाधिकारी […]

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्ने तय भएको एक नेताले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

माओवादी बैठक- अराजकता अन्त्य गरौं, आफ्नै खुट्टामा उभिऔँ

नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्दै आफ्नै खुट्टामा उभिनुपर्ने लगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् । राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरूले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा …

माओवादी बैठक : हलमै सिनियरको विवाद हुँदा प्रचण्ड ‘ब्याक’

नेकपा माओवादी केन्द्रलाई आन्तरिक कलह व्यवस्थापनमा सकस भएको छ । पार्टीभित्र देखिएको शक्ति संघर्ष र फरक मत सम्बोधन गर्दै केन्द्रीय कमिटी विस्तार, पदाधिकारी चयन लगायतमा सकस बढेको हो ।परिणामस्वरुप सोमबार केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न सकेन । यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सफल भएको दाबी गरेका छन् ।उनले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा अब चुनाव केन्द्रित हुनुपर्ने भन्दै यस्तो अवस्थामा चुनावपछि बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकार

पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ ।

पदाधिकारी टुंगो नलगाइ माओवादी बैठक २५ गतेसम्म स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक एक साताका लागि स्थगित भएको छ।पार्टीको आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले सोमबार पदाधिकारी निर्वाचित गर्ने भनिएको थियो। तर बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गर्नुबाहेक अरु पदाधिकारी चयन गरेन। माओवादी नेता गणेश साहले बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए। उनका अनुसार पदाधिकारी चयनमा नेता वर्षमान पुनलाई पर्खिन खोजिएको हो। नेता पुनः चीनमा उपचाररत छन्। उनी भोली डिस्चार्ज भएर आउने बताइएको

भोली नेपाल फर्किन लागेका वर्षमानको आग्रहमा माओवादी बैठक स्थगित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुनको आग्रहमा पदाधिकारी चयन नभएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि अन्य पदाधिकारीबारे निर्णय गरेको थिएन् । बैठकपछि प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ति उपचारका क्रममा बाहिर भएकाले पदाधिकारी चयन नभएको बताए । उनले भने – […]

पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ ।  आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो । ललितपुरको सानेपामा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए भने लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो । माओवादीमा पदाधिक