पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ ।

सम्बन्धित सामग्री

पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

काठमाडौँ,३ भदौ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति […]

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्ने तय भएको एक नेताले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

माओवादी बैठक स्थगनः बहाना कोभिडको, कारण राजनीतिक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बहुप्रतिक्षित केन्द्रीय समिति बैठक हठात् स्थगित गरियो । स्थगित बैठकको अर्को मिति तोकिएको छैन । दुई दिन (२८-२९) लाई बोलाइएको बैठकबाट पदाधिकारी चयन, स्थायी समिति र प्योलिटब्युरोको गठन, नेताहरुको कार्यविभाजन र स्थानीय चुनावका लागि अभियानको घोषणा हुने अपेक्षा थियो । त्यसमाथि अहिलेको ‘हटकेट’ विषय एमसीसीमाथिको छलफल त छँदै थियो । […]