काठमाण्डाै – भारतमा सामुद्रिक आँधीका कारण मुम्बई नजिकको समुद्रमा चार सय जनाभन्दा धेरै राेकिएका छन् । आँधीका कारण पानी जहाज तथा डुङ्गाहरू समु्द्रमै रोकिँदा उनीहरू राेकिएका बीबीसी हिन्दीले जनाएको छ ।यस्तै मुम्बईको विमानस्थल र मोनो तथा मेट्रो रेल सेवा पनि बन्द भएका छन् । मुम्बईमा एक सय ७६ किलोमिटर प्रतिघण्टाका दरमा आँधी आइरहेको त्यहाँको मौसम विभागले जनाएको छ । विभागले हावाहुरीसहित ठूलो पानी पर्ने चेतावनी जारी गरेको छ ।अरब सागरमा उत्पन्न भएको चक्रवात आँधीका कारण भारतको गुजरात, गोवा, क...