अरब सागरमा भारतीय जलसेनाको जहाज र हेलिकप्टरहरू पी३०५ बार्ज (मालवाहक जहाज) मा रहेको ९३ जनाको अझै पनि खोलतलाश गरिरहेका छन् ।
ती मानिसहरू बार्ज डुब्नुअघि लाइफ ज्याकेट लगाएर समुद्रमा हाम्फालेका थिए ।
त्यो बार्ज मुम्बईबाट लगभग ६५ किलोमिटर पर रहेको स्थानमा डुबेको हो ।
त्यसमा कुल २७३ जना थिए जसमध्ये १८० लाई उद्धार गरिएको छ ।
त्यस बार्ज बाहेक अन्य तीनवटा जहाजहरू समुद्रमा हराएका थिए ।
ती चारैवटा जहाज बम्बे हाई क्षेत्रमा एक अफशोर प्ल्याटफर्म मर्मतमा खटिएका थिए ।
ताउते चक्रव...