धनगढी : आइतबार केही महिलाहरु सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भए।महिलाहरुले मुल गेटमै धर्ना सुरु गरे। उनीहरु बादी समुदायका महिला हुन्। धर्नामा एउटा आवाज गुञ्जियो,‘सरकारलाई राजश्व तिर्न तयार छौ। तर यौन पेशाको विकल्प नभए लाइसेन्स दिएरै स्वीकृति दिनुपर्छ’ यो आवाज थियो डोटीकी वसन्ती बादीको। आफ्ना लागि सरकार नभएको गुनासो गर्दै उनले सरकारलाई राजश्व तिर्ने तर यौन पेशाको लाइसेन्स दिनुपर्ने बताइन्। प्रदेश सरकारलाई ज्ञापन