यी शाकाहारी खानेकुराहरुमा पाइन्छ मासुमा जतिकै प्रोटीन

मानव शरीर विकाश गर्न, मांसपेशी मजबुत, बलियो बनाउनको लागि विभिन्न प्रकारका प्रोटिनको आवश्यकता पर्दछ । यदि हाम्रो शरीरमा प्रोटिनको मात्रा कमी भयो भने विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुन सक्छ । 

सम्बन्धित सामग्री

रोचक तथ्य

-अध्ययन अनुसार परम्परागत सन्तुलित आहार सेवन गर्नेहरूभन्दा शाकाहारी खाना खानेलाई डिप्रेसन हुने सम्भावना झन्डै दोब्बर हुन्छ । -छालाको बाहिरी तहलाई एपिडर्मिस भनिन्छ, जुन तपाईंको हत्केला र पैतालामा सबैभन्दा बाक्लो पाइन्छ । लगभग १.५ मि.मि. बाक्लो हुन्छ । – एउटा परेला लगभग १५० दिनमा झर्ने गर्छ । – मानिसको उमेर बढ्दै जाँदा, तिनीहरूको छाला पातलो, सुख्खा […]

रक्सीसँग मासु किन खाइन्छ ?

विश्वभरिको चलनलाई हेर्ने हो भने रक्सी पिउने व्यक्तिले सक्सीसँगै प्रायः केही न केही सितन खाएको हुन्छ । सितन याने त्यस्तो ठोस पदार्थ जुन मूल खानपानसँग सहयोगी खानाको रुपमा खाइन्छ । रक्सीसँग खाइने सितनमा प्रायः मासु हुने गरेको पाइन्छ । रक्सी पिउने शाकाहारी व्यक्तिबाहेक अन्य प्रायले रक्सीसँग मासुको सितन खोज्छ र रोज्छ । किन होला ? […]

दशैंको मासु : उपभोगमा सावधानी नअपनाए विषालु !

दशैंको एउटा विशेषता मीठो खाने, राम्रो लगाउने हो । दशैंका बेला  खानेकुरामा नछुट्ने (शाकाहारी परिवार बाहेक) परिकार हो मासु । हुन त मासु खान दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपि देशैंमा मासुले बढी महŒव पाउने गरेको छ । दशैंमा खसीको मासु सबैभन्दा बढी उपभोग हुने गरेको छ । त्यसबाहेक जाति, समुदाय र प्रचलन अनुसार नेपालीको भान्छामा रागा, च्यांग्रा, कुखुरा, हाँस, माछा लगायतको मासु समेत पाक्ने गर्छ । यस्तै विदेशबाट आयातित सामुद्रिक खाना पनि हाम्रो भान्सासम्म पुग्छ । मासुमा विशेषगरी प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोट्रिन हाम्रो शरीरलाई आवश्यक एउटा महत्त्वपूर्ण पोषक तत्त्व हो । तर, त्यसको सही आपूर्तिका लागि कति खाने, कसरी खाने भन्ने थाहा हुनुपर्छ । अन्यथा जथाभावी रूपमा उपभोग गर्दा मासु नै रोगको स्रोत बन्न सक्छ । दशैंमा देवीलाई पशुबलि दिने र प्रसादको रूपमा मासु खाने चलन छ । यस्तै बजारबाटै किनेर पनि मासु ल्याइन्छ । आफन्त आउँदा प्रायः मासुकै परिकार खुवाइन्छ । आफू शाकाहारी भए मासुको प्रसंगै भएन, अन्यथा जसको घरमा गएको हो, उसको मन राखिदिन पनि केही मासु खाइन्छ । तर मात्रा र तरीका नमिलाई खाइएको मासुले स्वास्थ्यमा गडबडी हुन सक्ने भएकाले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । स्टार हस्पिटल, सानेपाकी पोषणविद् चन्द्रमाला अवस्थीका अनुसार एकै दिन धेरै ठाउँमा खानैपर्दा केही तरिका अपनाउन सकिन्छ । यस्तो अवस्थामा दिएका सबै परिकार खानुको सट्टा सलाद, फलफूलजस्ता हल्का खानेकुरा बढी खाने र मासु कम खाने गर्न सकिन्छ । चाडबाडका नाममा अनावश्यक खाना खाएकै कारण उच्च रक्तचाप, मधुमेह र मुटु रोगमा जटिलता बढ्ने गर्छ । यसैकारण यस्ता रोगीले नियमित तालिकाभित्र रहेर दशैं मनाउनुपर्ने पोषणविद् अवस्थी बताउँछिन् । रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलादे बढी सेवन गर्न उनी सुझाउँछिन् । पछिल्लो समय दशैं मनाउने चलनमा केही परिवर्तन आएको छ । विशेषगरी चिसो पेयपदार्थ तथा अन्य रेडिमेड परिकार बढी प्रयोग गरिन्छ । यस्ता खानेकुरा सकेसम्म खानै नहुने अवस्थी बताउँछिन् । उनका अनुसार यस्ता खानामा बढी चिल्लो, चिनी तथा नूनको मात्रा बढी हुन्छ, जसको अधिक उपभोगले स्वास्थ्यमा विभिन्न जटिल समस्या ल्याउन सक्छ । दशैंमा मासुको परिकार बनाउँदा पनि केही गलत चलन छाड्नुपर्ने पोषणविद्को सुझाव छ । विशेषगरी मासु किन्दादेखि पकाउँदा र खाँदासम्म विशेष ध्यान दिनुपर्छ । खसीको मासु ल्याउँदा सकेसम्म ताजा मात्र ल्याउने, मासुलाई बोसो निकालेर छुट्याउने र थोरै तेल राखेर पनि पकाउन सकिन्छ । मसला खासै हानिकारक नभएकाले यो आवश्यकता अनुसार राख्न सकिन्छ । दशैंका बेला मासु एकै दिन पकाएर हप्तौं फ्रिजमा राखेर खाने चलन छ । यो चलन पनि स्वास्थ्यका लागि राम्रो नभएको पोषणविद् अवस्थीको भनाइ छ । उनका अनुसार पक्कु बनाउँदा धेरै तेल मासुले सोस्ने र मासुमा पनि बोसो हुने भएकाले यसरी पकाएको मासुमा चिल्लो धेरै हुन्छ । यस्तै तताउँदै फ्रिजमा राख्दै गर्ने र धेरै दिनसम्म राखेर खानाले यसको पोषण तŒव पनि नष्ट हुन्छ । कसरी तयार गर्ने मासु ? मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने त्यस हतियारलाई पहिले राम्रोसँग सफा गर्नुपर्छ । मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ । थोरै समयमै मासु पकाउँदा भित्री भाग नपाकेको पनि हुन सक्छ । त्यसैले, मासु लामो समय दिएर पूरै पाक्नेगरी पकाइसकेर मात्र खानुपर्छ । मासुलाई खुला वा झिँगा भन्कने ठाउँमा राख्नु हुँदैन । मासु राख्दा अनिवार्य छोप्नुपर्छ । सकेसम्म लामो समयदेखिको मासु खानुहुँदैन । पाकिसकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट कीटाणु सर्ने सम्भावना प्रबल हुन्छ । आन्द्राभुँडी राम्रोसँग सफा गरिसकेपछि मात्र पकाउनुपर्छ । पानीको प्रयोग गरेर अनुभवीले मात्र पखाल्ने काम गर्नुपर्छ । यसरी मासु तयार पार्दा सम्भावित कैयौं स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । शाकाहारी हुनुहुन्छ भने... मासु खान मिल्दैन या शाकाहारी हुनुहुन्छ भने उत्तम विकल्प छन् । यस्तो शाकाहारी खानेकुरा स्वादमा मासुजस्तै लाग्छ । साथै मासुले भन्दा बढी फाइदा गर्नुका साथै ‘साइड इफेक्ट’ पनि हुँदैन । यसका लागि ‘भेज मिट प्रडक्ट’ उपभोग गर्न सकिन्छ, जसबाट प्रोटिन पाइन्छ र स्वास्थ्यवद्र्धक पनि हुन्छ । भेज मिट भटमासबाट बन्छ । यसको स्वाद मासुको जस्तै हुन्छ । चपाउँदा पनि मासु जस्तै लाग्छ । त्यस्तै, अन्य विकल्पमा दूधबाट बनेका पनिर र भटमासबाट बन्ने तोफु पनि प्रयोग गर्न सकिन्छ ।

सोयाबिनबारे तपाईलाई यी महत्वपुर्ण कुराहरु थाहा नहुनसक्छ

एजेन्सी । सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरहले समेत हुने गरेको छ । सोयाबिन खानाले तपाई सुन्दर समेत देखिनुहुनेछ । सोयाबिनमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु रहेका हुन्छन् ।

घरमै पनिर कसरी बनाउने ?

घरमै पनिर कसरी बनाउने भन्ने सवाल धेरैका हुन्छन् । पनिर बनाउन खासै गाह्रो पनि छैन र धेरै सामग्रीको आवश्यकता पनि पर्दैन ।  पनिर दूधबाट बनाइने एक शुद्ध शाकाहारी परिकार हो । पनिर बनाउन भैसीको पानी नमिसाएको शुद्ध बाक्लो दूध भयो भने उत्तम हुन्छ । लगभग ५ प्रतिशतभन्दा माथि फ्याट भएको दूध पनिर बनाउन उत्तम मानिन्छ । पनिरबाट सयौं विभिन्न परिकार बनाउन सकिन्छ । पनिरका परिकारहरू विश्वभरका होटल रेस्टुरेन्टमा सहज पाइन्छ र पछिल्लो समय घरायसी प्रयोजनमा पनि व्यापक उपयोग हुन थालेको छ । माछामासु नखानेका लागि पनिर उत्तम विकल्प मान...

घरको वरिपरी उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

पृथिवीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने...

घरको वरिपरी उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

पृथिवीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने...

घरमा उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भन...

कलाकारमा साउनको उत्साह, व्रतमा भन्दा शाकाहारमा जोड

साउन महिनामा व्रत बसेर भगवान् शिवजीको पूजा आराधना गर्नमा सिने कलाकारहरू पनि अन्य हिन्दु महिला जस्तै उत्साहित छन् तर उनीहरू आम महिला जस्तो कठोर व्रत बस्नुभन्दा पनि यो महिनाभरको खानपानमा भने विशेष सजग हुने गरेका छन् । महिला सिनेकर्मीहरू यति बेला कठोर रूपमा व्रत नै नबसे पनि शाकाहारी भने बन्ने गरेको बताउँछन् । पौराणिक मान्यता अनुसार यो महिनाको सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहँदै आएको छ । धार्मिक आस्था भएकाले महिनाभर माछा, मासु, लसुन प्याजलगायत केही कन्दमूल तथा अशुद्ध मानिएका केही सब्जीलाई वर्जित गर्ने गरेको पाइन्छ ।

शाकाहारी मोदीको फिटनेस सूत्र : के खान्छन्, के गर्छन् ?

'फलानो नेताले उच्च रक्तचापको औषधी खान्छन्, फलानोले मधुमेहको । फलानोलाई दमले ग्रस्त बनाएको छ, फलानोलाई औषधीले मात्र बचाएको छ ।' नेपाली नेताहरुको 'हेल्थ हिस्ट्री' अर्थात शारीरिक स्वास्थ्यको पृष्ठभूमी खोतल्ने हो भने यस्तै जवाफ पाइन्छ । …