घरमै पनिर कसरी बनाउने भन्ने सवाल धेरैका हुन्छन् । पनिर बनाउन खासै गाह्रो पनि छैन र धेरै सामग्रीको आवश्यकता पनि पर्दैन ।
पनिर दूधबाट बनाइने एक शुद्ध शाकाहारी परिकार हो । पनिर बनाउन भैसीको पानी नमिसाएको शुद्ध बाक्लो दूध भयो भने उत्तम हुन्छ ।
लगभग ५ प्रतिशतभन्दा माथि फ्याट भएको दूध पनिर बनाउन उत्तम मानिन्छ । पनिरबाट सयौं विभिन्न परिकार बनाउन सकिन्छ । पनिरका परिकारहरू विश्वभरका होटल रेस्टुरेन्टमा सहज पाइन्छ र पछिल्लो समय घरायसी प्रयोजनमा पनि व्यापक उपयोग हुन थालेको छ । माछामासु नखानेका लागि पनिर उत्तम विकल्प मान...