निरन्तरको वर्षाका कारण सडकमा जोखिम बढ्दै गएपछि कुश्मा नगरपालिकाको कार्यालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिसमक्ष जोखिम हटाएर सहज यात्रा गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न भीरमा वर्षायाममा सडक अवरुद्ध हुने दीर्घकालीन समस्या छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जिल्ला सुरक्षा समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसमक्ष […]