काठमाडौं : आज प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा सरकारी वकिलको बहस सकाए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीहरुले बहसलाई निरन्तरता दिए। निजी वकिलका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले महान्यायाधिवक्तापछि बोलेर नै बहस सुरु गरेका थिए।
आज भने अधिवक्ता रमेश बडालले प्रधानमन्त्रीका तर्फबाट प्रतिरक्षा बहस गरे। उनले सुरुमै 'गलत प्रसेप्सन'का कारण…