बजार अनुगमनमा संयुक्त टोली परिचालन गरिने

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक ६ टोली अनुगमनमा खटाइरहेकोमा अन्य अनुगमनकारी निकायसमेतको संलग्नतामा संयुक्त अनुगमन टोलीसमेत परिचालन गरिने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले...

सम्बन्धित सामग्री

राजस्व कम भएपछि संयुक्त अनुगमनमा निस्कियो राजस्व र भन्सारको टोली

लक्ष्य अनुसारको राजस्व असुली नभएपछि सरकारले बजार अनुगमन बढाएको छ । राजस्व छली र गैरकानुनी कारोबार नियन्त्रणको लागि राजस्व असुलीसँग सम्बन्धित निकायहरुले बेग्लाबेग्लै र संयुक्त अनुगमन थालेका छन् ।राजस्व चुहावाट र गैरकानुनी कारोबार रोक्नको लागि आन्तरिक राजस्व विभागले अनुगमन बढाएको विभागका महानिर्देशक रितेश शाक्यले जानकारी दिए । विभाग अन्तर्गतका कार्यालय र सेवा कार्यालयहरुले अनुगमन बढाएका शाक्यको भनाई छ ।‘हामीले दशैं अघिदेखि नै अनुगमन गरिरहेका छौं, विभाग अन्तर्गतका ४३ कार्यालय र ४१ सेवा कार्या

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै सरकार, १० दिनमा १२१ व्यापारीलाई कारबाही

सरकारले दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बजार अनुगमन तीव्र तुल्याइएको हो । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्

तिहारमा बैतडी प्रशासनले गरेन बजार अनुगमन

बैतडी : चाडपर्वका बेला हुने कालोबजारी रोक्न गरिने बजार अनुगमन तिहारमा बैतडी प्रशासनले गरेन।जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैंमा अनुगमन गरेको थियो।प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्लाबाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडी नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘प्रजिअ सर नि बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा ब

चाडपर्वमा हुने कालोबजारी रोक्न अनुगमनमा तीव्रता

मकवानपुर- दशैँ लगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो । समितिले हेटौँडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५खाद्यान्न तथा किराना पसल, होटल, […]

बजार अनुगमन: अखाद्य सामग्री नष्ट

बैतडी । दसैँतिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रु २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा […]

सरकारले आजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं । सरकारले आजदेखि चाडपर्वलाई लक्षित गरी संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । असोज १ गतेदेखि अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन […]

बैतडीका पसलैपिच्छे अखाद्य वस्तु

बैतडी : बैतडीका स्थानीय बजारहरुमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्न थालेका छन्।  संयुक्त अनुगमन टोलीले  चाडपर्वलाई लक्षित बजार अनुगमन गर्न पसलपिच्छे अखाद्य वस्तु भेटिएका हुन्।बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि गत हप्तादेखि यहाँ अनुगमन थालिएको थियो  । अनुगमनका क्रममा हालसम्म १ लाख ३५ हजार बढी मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।बजार अनुगमनमा  धेरैजसो पसलमा खाद्य

चाडपर्व लक्षित बजार अनुगमन : १ लाख बढीको अखाद्य वस्तु बरामद

बैतडी : चाडपर्वलाई लक्षितगर्दै बैतडीमा बजार अनुगमन थालिएको छ। गौरा पर्व, तीज र दशैं तिहार नजिकिए पछि अनुगमन तीव्र पारिएको छ।अनुगमनका क्रममा हालसम्म १ लाख बढी मूल्य बराबरकाे अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। संयुक्त अनुगमन टोलीले जिल्लामा गत मंगलबारबाट बजार अनुगमन थालेका हो।संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा एक लाख बढीको म्याद नाघेको सामग्री बरामद गरेको हो। बजार अनुगमनमा

कोरोना महामारीकै बीच पर्वतमा बजार अनुगमन

जेठ १८, पर्वत । पर्वतमा कोरोना महामारीकै बिचमा पनि बजार अनुगमन गरिएको छ । निषेधाज्ञाको मौका छोपी उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको गुनासो पछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन भएको हो । अनुगमनमा  प्रशासनसँगै उपभोक्ता अधिकारकर्मी, कुश्मा नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी समेतको सहभागिता रहेको थियो ।   पर्वतमा प्रशासनकै निर्णय अनुसार बाहिरी जिल्लाबाट खाद्यन्न, तरकारी, फलफूल, निर्माण सामग्री आयात गर्न रोक लगाइएको छ । सामग्रीको आयात रोक लगाएपछि व्यावसायीहरुले अभाव देखाएर वस्तु तथा सेवाको मूल्य बढाएको उपभोक्ताहरुको गुनासो छ । मूल्य बढि रहँदा कुनै निकायले अनुगमन नगरेको गुनासो पछि प्रशासनले संयुक्त टोली बनाएर अनुगमन गरेको सहायक प्रजिअ कृष्णप्रसाद शर्मा सुबेदीले जानकारी दिए । बजार अनुगमन प्रणालीलाई व्यवस्थित राख्न संयुक्त अनुगमन गरिएको उनले बताए । बजार अनुगमन गर्दा वस्तुहरुको भण्डारण सन्तुलित नै रहेको पाईएको सुबेदीले जानकारी दिए । ‘हामीलाई सामान महँगो भयो भन्ने मौखिक गुनासो आएका हुन्,’ सुबेदीले भने, ‘बजारमूल्य भन्दा महँगोमा सामान बेचेको प्रमाण सहित कसैले उजुरी गरेको छैन । प्रमाणबिनाको उजुरी लाई आधार मानेर कसैलाई कारवाही गर्ने कुरो भएन ।’  अनुगमन टोलीले कृत्रिम अभाव सृजना नगर्न, बस्तु वा सेवाको मूल्यलाई नियन्त्रित सीमा भित्र राख्न र आपूर्ति तथा वितरण व्यवस्थालाई तोकिएको समयमा नियमित गर्न सुझाएको छ । अभावलाई देखाएर कसैले पनि उपभोक्तालाई बढि मूल्य लिने, अस्वभाविक भण्डारण गर्ने र कालोबजारी गरेको पाईए प्रचलित कानून अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । उपभोक्ताहरुले व्यावसायीबाट कुनै पनि बाहना ठगिएको महसुुस गरेमा जिल्ला  प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ । खाद्य पदार्थको आपूर्ती रोक्ने प्रशासनको निर्णय खाद्य अधिकार विपरित भएको भन्दै अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् । प्रहरी कार्यालयका एक जवानमा तरकारी मार्फत कोरोना सरेको र एकजना व्यावसायीलाई वीरगञ्जबाट ल्याएको सिमेण्ट गोदाममा थन्क्याउदा कोरोना संक्रमण भएको व्यावसायीहरुले गुनासो गरेको जिल्ला प्रशासनले खाद्यपदार्थ, तरकारी, फलफूल र निर्माण सामग्री ढुवानीमा पूर्णतया रोक लगाएको हो ।