काठमाडाै : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यक रहेको बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई समृद्धिको दिशामा अघि बढाउने तथा सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउन आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन्। आयोले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको