समाचार संस्था एएनआईका अनुसार फ्रान्स, जर्मनी, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकासहित, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्पेन, द नेदरल्याण्ड्स, स्वीडेन, संयुक्त अधिराज्यले संयुक्त वक्तब्य जारी गर्दै हिंसा अन्त्य गर्न जोड दिएको हो । अफगानिस्तानबाट नेटो नेतृत्वको सैन्य फित्र्ति अभियान सुरु भए लगत्तै तालिबानले आक्रमण र क्षेत्र नियन्त्रणको अभियान नै सञ्चालन गरेको छ । वक्तब्यमा तालिबानले गरिरहेको आक्रमणको घटनाले दोहा सम्झौतामा नागरिकको रक्षाका लागि जनाएको प्रतिबद्धता बिपरित भएको जनाइएको छ ।
तालिबान र संयुक्त राज्य अमेरिकाबीच गत् फेब्रुअरी महिनामा भएको सम्झौता बमोजिम नै अफगानिस्तानबाट विदेशी सेना फित्र्ता हुने क्रममा रहेको छ ।