मध्यभोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्कासन गर्न स्वीकृ...