काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान सुरु भएको छ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको हो ।बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो। बुथमा मोबाइल लैजान नदिने सहमितपछि मतदान सुरु भएको छ।संसदीय दलको मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले नाम र परिचयपत्र हेरेर मात्रै सांसद तथा आगन्तुकलाई भित्र प्रवेश गर्न दिएको छ भने पत्रकारहरुलाई प्रवेशमा रोक