काठमाडौं । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ । अझै केहीदिन देशका अधिकांश भागमा अविरल वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले पनि अझै केही दिन बाढी, पहिरो र डुबानजस्ता प्रकोपको सम्भावना देखिन्छ ।यस्तो अवस्थामा कोरोन