काठमाडौं : सरकारले गत वर्षभित्र काठमाडौंमा निर्माण गर्ने भनिएको ३०० शैय्याको सरुवा रोग अस्पतालका लागि बजेट व्यवस्था नभएको पाइएको छ ।सरकारले टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालको स्तरवृद्धि गरी ३ सय शैश्याको केन्द्रीय स्तरको सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो। तर अस्पतालको स्तर वृद्धिको लगि बजेट व्यवस्थापन नभएपछि हाल सो कार्य अगाडि बढ्न नसकेको महालेखापरीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ।यस आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा ३०० शय्याको केन्द्रीय सरुवा रोग अस्पताल र स