रूपन्देहीको भैरहवास्थित बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ ।
त्यसको लागि थाइल्याण्डबाट एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीवार साँझ भैरहवा आइपुगेको छ ।
विमानस्थल आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।
परीक्ष...