येरेवान: आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्। दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ। आर्मेनियाका प्रधानमन्त्रीले अजरबैजानमा भएको आक्रमणमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन्। यसैबीच रातभरको गोलाबारीपछि आर्मेनिया र रूस दुवै अब सीमामा स्थिति स्थिर गर्न सहमत भएका छन्।आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मङ्गलबार आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसँग वार्ता गरेको बताएका छन्। दुवै नेताले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमति जनाएका छन् ।आर्मेनिय