तनहुँ । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । […]
पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकदेखि धाइरिङस्थित ठोट्नेरी जोड्ने १० किलोमिटर सडक बल्ल कालोपत्र सुरु भएको हो । समयमै काम भएको भए यो सडक दुई वर्षअघि नै कालोपत्र हुन्थ्यो ।
काठमाडौं, माघ २६। चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण नारायणगढ-बुटवल सडक खण्ड बनाउन सुरु भएको चार वर्षमा बल्ल साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ । यो कालोपत्रे पनि पहिलो तहको मात्र हो । सरकारले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डलाई दुई भागमा विभाजन गरी चार लेनको सडक बनाउन खोजेको हो । १ सय १३ किलोमिटर लामो सडक […]
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको […]
सशस्त्र द्वन्द्वका बेला माओवादीले श्रम शिविरमार्फत खोलेको सडकको ट्र्याक कालोपत्र हुने भएको छ । काठेखोला–५ को रिजालचोकदेखि ताराखोला गाउँपालिका केन्द्रको अर्गलसम्मको २० किमि खण्ड चालु वर्ष कालोपत्र हुन लागेको हो ।